‘CURRENT 2019’:त्रिबि शिक्षण अस्पतालमा एनेस्थेसिया क्षेत्रका उपलब्धिबारे छलफल हुने

महाराजगञ्ज मेडिकल क्याम्पसले त्रिबि शिक्षण अस्पतालमा भोली शनिबार अपडेट्स इन एनेस्थेसिया २०१९ – ‘करेन्ट-२०१९’  हुने भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पस ऐनेस्थेसिया विभागले ‘करेन्ट २०१९’ कार्यक्रम अन्तर्गत त्रिवि शिक्षण अस्पतालमा ऐनेस्थेसिया, क्रिटिकल केयर र दुखाइ व्यवस्थापनमा भएका उपलब्धिबारे सामूहिक छलफल  तथा ज्ञानको अद्यावधिक गर्न लागेको हो।

महाराजगञ्ज क्याम्पसका ऐनेस्थेसिया विभाग प्रमुख डा.अनिल श्रेष्ठले ‘केही वर्षयता ऐनेस्थेसिया क्षेत्रमा भएका उपलब्धिबारे अद्यावधिक ज्ञानको जानकारी  ऐनेस्थेसिया ताथ क्रिटिकल केयरमा कार्यरत तथा चिकित्सकहरुमाझ आदान-प्रदान गर्ने उद्देश्य सहित करेन्ट-२०१९ आयोजना गरिएको बताउनुभयो।’

छलफलमा देशभरका १०० जना भन्दा बढी एनेस्थेसियाका आवासिय चिकित्सक तथा विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहने जनाइएको छ ।

सफल नेपाल

 


ताजा खबर