नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।
उहाँकाअनुसार नेपालमा दुई करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा पति तल रहेको बताउनुभयो । उहाँले यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसङ्ख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उहाँले बताउनुभयो ।
नेपालको वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा हाल ०.९२ को दरले वार्षिक रूपमा जनसङ्ख्या वृद्धिदर भइरहेको छ । जनसङ्ख्या वृद्धिदर वार्षिक रूपमा एक प्रतिशतभन्दा तल छ । करिब ८० वर्षको इतिहासमा एकभन्दा तल वार्षिक जनसङ्ख्या वृद्धिदर यो पहिलो पटक हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसङ्ख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशत भएको छ ।
नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरू आर्थिक तथा सामाजिक संरचनाहरूमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेश प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।
एक वर्षमा नेपालमा शिशुहरुको कोरा जन्मदर १४.२ प्रतिशत
एक वर्षमा शिशुहरूको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मदर्ता जन्म भएको देखिन्छ । जन्मिने हिसावको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा वार्षिक जनसङ्ख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ । यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ । प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ । यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात् एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ । कोरा जन्मदर घट्दो क्रममा छ । २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ ।
सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश
एउटा (१५—४९) वर्षका महिलाहरुले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरुको सङ्ख्या एक जना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरु जन्माउँ छन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा सय जनामा ७९ जना महिलाहरुले छोरीहरु जन्माएको देखिन्छ । सबैभन्दा कम छोरीहरुको जन्म बागमती प्रदेशमा भएको छ । छोरीहरुको सङ्ख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । सोही अनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताउनुभयो । प्रतिहजार महिलाहरुमा २२२ जना बच्चाहरु वागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेश प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन् ।
एउटा महिलाले आफ्नो जीवनकालमा १.९४ जना बच्चा जन्माउँछन्
१५ देखि ४९ वर्षका उमेरका महिलाहरुले औषतमा बच्चा जन्माउने औषत उमेर कर्णाली प्रदेशमा करिव करिव २७ वर्ष (२६.९) रहेको छ । त्यस्तै, बागमती प्रदेशमा २८.४ छ । उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ । अहिलेको प्रजनन दर एउटा महिलाले १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति जना बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ । सरदर एउटा महिलाले २.१ (१० जना महिलाले २१ वटा बच्चा) जन्मायो भने रिप्लेसमेण्ट लेभलमा जान्छ । नेपालमा रिप्लेसमेण्ट लेभलभन्दा दर तल गएको छ । प्रजनन दर अहिले दुईभन्दा पनि तल गएको अवस्था छ । राज्यले यस विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताउनुभयो ।
कोरा मृत्युदर सबैभन्दा बढी गण्डकी प्रदेशमा, सबैभन्दा कम कर्णालीमा
प्रतिएक हजारमा कति व्यक्तिहरुको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा ८.२५ (हजारमा नौ जना), कोशी र बागमती प्रदेश रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ । मधेश प्रदेशमा मृत्युदर कम भएको देखिन्छ । २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ । २०३८ मा १३.५ जनाको मृत्यु हुने गर्दथ्यो । लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ । एक हजार लाइफ बर्थमा कति जना बच्चाहरुको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरुको सङ्ख्या सबैभन्दा बढी मधेश प्रदेशमा देखिन्छ । त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ ।
सबैभन्दा कम गण्डकी प्रदेश र बागमती प्रदेशमा छ । जीवित जन्ममा एक वर्ष नबित्दै एक हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ । पुरुष र महिलामा बालबालिकाको हिसावमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ । छोराको बढी छ । मधेश प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरु मर्दा २३ जना छोराहरुको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १२ जना छोराहरुको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ । छोराहरुको मृत्युदर सबै उमेर समूहमा बढी छ ।
शिशु मृत्युदरमा सुधार
२०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार भएको छ । २०६८ मा एक हजार जना शिशुहरुमध्येमा जन्मिएका शिशुहरुमा ४० जना मरेको देखिन्छ । अहिले १७ मा पुगेको अवस्था छ । शिशु मृत्युदरमा सुधार भएको छ ।
एकदेखि पाँच वर्ष मुनिका प्रतिहजार बालबालिकामा एक वर्षमा मृत्यु हुने बालबालिकाको सङ्ख्या गण्डकीमा कम
एकदेखि पाँच वर्ष मुनिका प्रतिहजार बालबालिकामा कुनै एक वर्षमा मृत्यु हुने बालबालिकाको सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम छ । सबैभन्दा बढी मृत्यु भएको लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ । मधेश प्रदेशमा पनि बढी रहेको देखिएको छ । नेपालको सन्दर्भमा प्रतिहजार ६.१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा प्रदेशमा छोरी र छोरामा भने केही फरक रहेको छ । छोरीहरुको मृत्यु कोही प्रदेशमा बढी देखिएको छ । बागमती प्रदेशमा बढी छ भने सुदूरपीश्चम र मधेश प्रदेशमा छोराहरुको मृत्यु बढी देखिन्छ ।
नेपलीको औषत आयु ७१.३ वर्ष
अहिले नेपालको कुल औषत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ । ग्याप करिव करिव पाँच वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरु बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेश प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । सबैभन्दा कम महिलाहरुको औषत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्याङ्कले देखाएको छ । २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो ।
गण्डकी प्रदेशमा आन्तरिक बसाईं सर्नेहरु सबैभन्दा बढी
गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ जना बसाईं सरेका छन् । यो पाँच वर्षको तथ्याङ्क हो । बागमती प्रदेशमा करिव एक लाखमा ५४ जना बसाईं सरेको तथ्याङ्कले देखाएको छ । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।
पाँच वर्षमा बाह्य बसाईं सर्ने नेपाली प्रति एक लाखमा ३७ सय ५२ जना
पाँच वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना बाह्य बसाईं सराई भएका छन् । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा सात हजार ३५९ जना बसाईं सरेका छन् । दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेश प्रदेश रहेको छ । रासस