शोभा पाण्डेय / सिलवाल
सृष्टिकर्ता, पालनकर्ता ,आमा तिमी नै हौ
मरिमेट्ने सन्तानलाई, जिउँदी देवी नै हौ ।
नौ महिना पेटमा राखी , जन्म दियौ हाम्लाई
दिन रात नभनेरै , सेवा गर्यौ राम्रै ।
माया रूपी गङ्गा बगाई, ठुलो हाम्लाई बनाई
आफू खोक्रो बने पनि , हाम्लाई पुष्ट बनाई ।
दशधारा दूध पिलायौ ,आफ्नो दुःख लुकाई
हुर्केपछि सुख दिन्छन्, भनि पीडा भुलाई ।
स्वार्थै स्वार्थ संसारमा , आमा यस्तो नाता
निस्वार्थ र पर्मार्थको ,दोस्रो रूप हो माता ।
हरेक जन्म लिँदा तिम्रै , सन्तान पाऊँ हुन
नाम तिम्रो उच्च पारूँ, नपारूँ म रून ।
कृतज्ञ छु सदा आमा ,तिम्रो कृत्यप्रति
नबोले नि पीडा बुझ्ने ,तिमी नै हो जाती।
जति तिरे पनि तिर्न ,नसकिने ऋण
बुढेसकालमा साथ दिन्छु, बन्छु तिम्रो त्राण ।
आमा तिम्रो महिमा छ ,अति अपूर्व नै
गाउन मैले के सक्थेँ र ?,गरेँ प्रयास नै ।
भुलचुक माफदेउ आमा ,अबोध सन्तानलाई
आमाको मुख हेर्ने दिनमा ,शुभकामना तिमिलाई ,शुभकामना तिमिलाई ।