६ वर्ष पुरानो घटना अझै बारम्बार सम्झिन्छु, मैले रौतहटका एक ५५ वर्षीय पुरुषमा एन्जिओग्राम गर्दा उनको लेफ्ट कोरोनरी आर्टरी करिब ९५ प्रतिशत थुनिएको थियो । मुटुमा रगत सञ्चालन गराउने यो आर्टरीमा ब्लकेज निकै घातक हुन्छ । उनलाई बाइपास सर्जरीका लागि रेफर गरिएको थियो, तर उनी उक्त सर्जरीका लागि आवश्यक २ लाख जोहो गर्न असमर्थ थिए । बिरामीले दुई दिनदेखि छातीको दुखाइ अनुभूत गरिरहेका थिए ।
उनले मलाई ओपिडीमा भेटेर आफूसँग मात्र १ हजार १ सय रूपैयाँ भएको कुरा बताए । एक इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ भएका नाताले म सजिलै परिस्थितिको गम्भीरता बुझ्न सक्थेँ । यस्तो अवस्थामा छातीको दुखाइ हुनु भनेको हामीसँग दुईवटा मात्रै विकल्प हुन्छन्, कि त थुनिएको आर्टरी खोल्नुस्, या त मृत्युलाई स्विकार्नुस् ।
अन्य धेरै विकासोन्मुख देशमा जस्तै नेपालमा पनि एक गरिब बिरामीको ज्यान जोगाउनका खातिर राज्यले सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा आकस्मिक व्यवस्था गरेको छैन । मेरो विचारमा जब एउटा बिरामी अस्पताल पुग्छ, कुनै पनि हालतमा अस्पतालले उसको ज्यान जोगाउनुपर्छ, भलै ऊसँग एक पैसा पनि नभएको किन नहोस् । यो आधारभूत मानवअधिकार पनि हो र राज्यको उसका नागरिकप्रतिको जिम्मेवारी पनि ।
अन्य अस्पतालमा जस्तै हाम्रोमा पनि यस्ता बिरामीलाई यो जीवनोपयोगी सेवा एन्जियोप्लास्टी फ्रीमा प्रदान गर्ने व्यवस्था थिएन (त्यसवेला मैले काम गर्ने मनमोहन कार्डियक सेन्टर) । यद्यपि, यसको उपचार खर्च २ लाख छ, बिरामीलाई भर्ना गरियो । उनलाई अस्पताल भर्ना गर्नेक्रममा हामी सबैखाले दुर्घटनाको सामना गर्न मानसिक रूपमा तयार थियौँ ।
फेरि सिसियू गएँ, बिरामी भेट्न । उनले मलाई मैथिली भाषामा भने, ‘आँहा हमर भगवान् छी, हमर जान बचा देली’ । उनको त्यो वाक्यले मेरो मुहारमा सदाझैँ मन्द मुस्कान छायो, जुन कुनै नौलो थिएन । चिकित्सकले प्रायः यी दुई लाइन सँगै सुन्ने अवसर प्राप्त गर्छन् । यस्ता शब्दले हामीलाई सदैव राम्रो काम गर्न प्रेरित गर्छन् ।
जतिवेला म भारतस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा डिएम कार्डियोलोजी अध्यनरत थिए, त्यतिवेलै मैले परिकल्पना गरेको थिएँ, एकदिन म आफ्नो देशमा यस्ता गरिब जनताको ज्यान जोगाउन केही गर्नेछु । तर, जब मैले अवसर पाएँ, परिस्थिति मेरो सोचभन्दा प्रतिकूल थियो । अस्पताल भर्नापछि मैले ती बिरामीको रेखदेख थालेँ । भर्ना गरिएकै दिन मैले फ्री स्टेन्ट (एन्जियोप्लास्टी गर्नेवेला आर्टरी खुलाउनका लागि प्रयोग गरिने महँगो यन्त्र)को व्यवस्था गरेँ ।
कुनै पनि हालतमा ती बिरामीको ज्यान जोगाउनेबारे म सोचिरहेको थिएँ तर उनको स्वास्थ्य निरन्तर खस्किरहेको थियो । निरन्तर हाम्रो व्यवस्थापनका बाबजुद उनी एक बिहान अचानक बेहोस भए । डिएम रेजिडेन्ट डाक्टरले उनलाई तत्काल स्टेबल पार्नुभयो, त्यसपछि उनले छातीको दुखाइ महसुस गर्न थाले र इसिजी रिपोर्टमा पनि कडाखालको हृदयाघातको लक्षण देखियो ।
मैले तत्कालै उनलाई क्याथल्याब (एन्जियोप्लास्टी गर्ने विशेषकक्ष)मा लगेँ । उनको अवस्था अत्यन्तै नाजुक थियो । रक्तचाप घटेर ३० एमएमएचजी पुगेको थियो । उनको बन्द रक्तनली खोलियो (एन्जियोप्लास्टी गरियो) । उनको मुटुको देब्रे मुख्य आर्टरी लगभग शतप्रतिशत थुनिएको थियो । यो एन्जियोप्लास्टीको पूरा प्रक्रियाका लागि करिब २० मिनेट लाग्यो, तत्कालै रक्तचाप बढेर १ सय ३० एमएमएचजी पुग्यो ।
हामीले एन्जियोप्लास्टीमा राम्रो नतिजा प्राप्त गर्यौँ, क्याथल्याबका सम्पूर्ण टिम खुसी भयौँ र बिरामी तत्कालै सिसियूमा सारियो । बेडमा सार्नेक्रममा उनले पनि सहभागी सम्पूर्ण चिकित्सकलाई धन्यवाद दिए र भने, ‘तपाईंहरूले मेरो ज्यान जोगाउनुभयो ।’ उनी आफू बाँचेकोमा खुसी थिए र मुस्कुराइरहेका थिए । हामी पनि प्रफुल्ल थियौँ र नहुनु पनि किन, विश्वको जुनसुकै ठाउँमा पनि इन्टरभेन्सनल कार्डियोलोजीका लागि चुनौती मानिने त्यो उपचारमा हामीले सफलता हासिल गरेका थियौँ । समयमै एन्जियोप्लास्टी गर्दा पनि यस्तो केसमा मात्रै ५० प्रतिशत बिरामी बाँच्छन् । हाम्रो सन्दर्भमा त यो एउटा चमत्कारभन्दा कम थिएन ।
एउटा चिकित्सक, अर्थात् बिरामीको उपचारमा संलग्न जो–कोहीका लागि बिरामी बाँच्नुभन्दा खुसीको कुरा केही हुँदैन । त्यसैले हामी पनि यो केसमा अलि बढी उत्साहित हुनु स्वाभाविक नै थियो । यो प्रक्रियाबाट बिरामीको ज्यान मात्रै बचेको थिएन कि, थप महत्वपूर्ण कुरा यो बाइपास सर्जरीविनै गरिएको थियो ।
सम्पूर्ण प्रक्रियापछि म ओपिडी गएँ र सम्पूर्ण केस सकाएर खाना खाने सोचका साथ घर गएँ । ४ बजिसक्दा पनि मलाई भोक थिएन र राम्ररी खान पनि सकिन, धेरै उत्साहित भएका कारण ।
घरमा खाना खाने समयमा मैले मेरा अभिभावक र श्रीमती सबैसँग त्यो दिनबारे कुरा गरेको थिएँ । उहाँहरू दुई कारणले निकै खुसी हुनुहुन्थ्यो । पहिलो, मैले कसैको ज्यान बचाएँ र दोस्रो म खुसी थिएँ । म सँधै घरका सदस्यसँग अस्पतालको कामबारे कुरा गर्थें । उहाँहरू सधैँ मेरो सफलताका लागि प्रार्थना गर्नुहुन्थ्यो, विशेषगरी जब मेरो हातमा कुनै चुनौतीपूर्ण काम आइपथ्र्यो ।
मेरा बाबाले महाभारतको एउटा घटना सधैँ सम्झाउने गर्नुहुन्थ्यो– ईश्वर सबै जीवित र अजीवित प्राणीमा वास गर्नुहुुन्छ र त्यसको कामलाई सुचारु गर्नुहुन्छ । हिन्दू भएको नाताले मलाई गीता र भगवान्मा उत्तिकै आस्था छ र त्यसैले यो वाक्यको सत्यतालाई पूर्ण विश्वास पनि गर्छु । मैले धेरै सोचेँ, बारम्बार सोचेँ र अन्ततः एउटा निष्कर्षमा पुगेँ– न मैले, न मेरो टिमले, न मेरो अस्पतालले उसको ज्यान बचायो, बचाउने त ईश्वर हुन्, हामी त एउटा माध्यम मात्रै हौँ । उहाँ (ईश्वर)ले आफ्नो प्राणीलाई जोगाउन यस्तो काम गर्न हामीलाई प्रेरित गर्नुहुन्छ, अवसर प्रदान गर्नुहुन्छ र सबैकुराको व्यवस्थापन गर्नुहुन्छ ।
फेरि सिसियू गएँ, बिरामी भेट्न । उनले मलाई मैथिली भाषामा भने, ‘आँहा हमर भगवान् छी, हमर जान बचा देली’ । उनको त्यो वाक्यले मेरो मुहारमा सदाझैँ मन्द मुस्कान छायो, जुन कुनै नौलो थिएन । चिकित्सकले प्रायः यी दुई लाइन सँगै सुन्ने अवसर प्राप्त गर्छन् । यस्ता शब्दले हामीलाई सदैव राम्रो काम गर्न प्रेरित गर्छन् ।
तर, वास्तवमा सबै चिकित्सकलाई थाहा हुन्छ कि ऊ आफू को हो । उनीहरूलाई राम्रोसँग थाहा छ, उनीहरू अरूसरह सामान्य मानिस नै हुन् । उनीहरू भगवान् र मानिसबीचको भेद राम्रोसँग जान्दछन् । तर पनि उनीहरू कसैले भगवान् भनिदिँदा प्रफुल्ल हुन्छन्, किन ? मलाई थाहा छैन । म पनि जान्न चाहन्छु, यदि कुनै चिकित्सकलाई थाहा छ भने !
मेरो विचारमा मात्र एउटा फिलोसोफीले यसको व्याख्या गर्न सक्छ । प्रसिद्ध धार्मिक ग्रन्थ गीतामा लेखिएको छ …
ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया ।।
ठेट अर्थ : हे अर्जुन ! ईश्वर सबै प्राणीको हृदयमा विराजमान छन् र शरीररूप यन्त्रमा आरूढ भएर सबै प्राणीलाई (कर्मअनुसार) आफ्नो मायाको माध्यमले घुमाइरहन्छन् ।
भावार्थ : ‘प्रत्येक जीवित प्राणीको आत्मा अमर हुन्छ र मृत्युपछि आत्मा परमात्मामा लीन हुन्छ । अर्थात्, आत्मा परमात्माको अंश हो, जसको वास भगवान्ले सिर्जना गरेका प्रत्येक प्राणीमा हुन्छ । हरेक जीवित प्राणीमा सर्वशक्तिमान् ईश्वरको अंशले वास गरेको हुन्छ ।
एन्जियोप्लास्टीपछि बिरामी सामान्य अवस्थामा आए र ४ दिनपछि पूर्णतया स्वस्थ अवस्थामा डिस्चार्ज भए । बिरामीले औषधि खरिद गर्न नसक्ने देखेर थप ३ महिनाका लागि निःशुल्क औषधि उपलब्ध गरायौँ । तर, अझै पनि एउटा प्रश्नले मेरो दिमागको घण्टी बजिरहन्छ– उनको जीवन कसले बचायो ? मैले, क्याथल्याब टिमले वा अस्पतालले ?
मेरा बाबाले महाभारतको एउटा घटना सधैँ सम्झाउने गर्नुहुन्थ्यो– ईश्वर सबै जीवित र अजीवित प्राणीमा वास गर्नुहुुन्छ र त्यसको कामलाई सुचारु गर्नुहुन्छ । हिन्दू भएको नाताले मलाई गीता र भगवान्मा उत्तिकै आस्था छ र त्यसैले यो वाक्यको सत्यतालाई पूर्ण विश्वास पनि गर्छु । मैले धेरै सोचेँ, बारम्बार सोचेँ र अन्ततः एउटा निष्कर्षमा पुगेँ– न मैले, न मेरो टिमले, न मेरो अस्पतालले उसको ज्यान बचायो, बचाउने त ईश्वर हुन्, हामी त एउटा माध्यम मात्रै हौँ । उहाँ (ईश्वर)ले आफ्नो प्राणीलाई जोगाउन यस्तो काम गर्न हामीलाई प्रेरित गर्नुहुन्छ, अवसर प्रदान गर्नुहुन्छ र सबैकुराको व्यवस्थापन गर्नुहुन्छ । जो डाक्टर भाग्यमानी हुन्छन्, उनीहरूले यस्ता मौका धेरै पाउँछन् । म त्यही भाग्यमानीमध्येको एक हुँ र ममाथि यस्तै ईश्वरको कृपा बनिरहोस् भन्ने चाहन्छु ।
मेरी आमा जो यो लेखिरहँदा मेरो आडैमा बसिरहनुभएको थियो, उहाँले सायद मेरा बाबाले भनेको पूरै बुझ्नुभएको थिएन होला । तर, मलाई थाहा छ, उहाँले छोराको भावना पक्कै बुझिरहनु भएको थियो होला ।