बागमति प्रदेशको रसुवाको सानो भोर्ले हेल्थपोष्टमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ॐ हस्पिटलका वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. बिनोद अर्यालले रसुवा जिल्लाको सानो भोर्लेमा पुगेर स्थानीयहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुभएको छ ।
परिक्षणका क्रममा महिलाहरुमा आङ खस्ने समस्या, यौनजन्य संक्रमण, निःसन्तानपन सम्वन्धि समस्या बढी देखिएको डा. अर्यालले जानकारी दिनुभयो ।
दन्त परिक्षणका क्रममा किरा लागेको दाँतको उपचार, दाँत भर्ने सेवा समेत निःशुल्क प्रदान गरिएको थियो । जनरल फिजिसिनका रुपमा डा. केदार नरसिंह के.सी.ले छाति रोग तथा स्वास प्रस्वासका विरामीहरुको संख्या धेरै देखिएको बताताउनुभयो ।
स्थानीय आमा समूहको आयोजनामा ॐ हस्पिटल तथा भोर्ले हेल्थ पोष्टको सहकार्यमा आयोजना गरिएको एकदिवसिय स्वास्थ्य परिक्षण शिविरमा दन्तरोग विशेषज्ञ, जनरल फिजिसियन, रेडियोलोजि (अल्ट्रासाउण्ड) सेवा सहित निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका आठ सय जना भन्दा बढी विरामीको स्वास्थ्य परिक्षण गरिएको शिविरको नेतृत्व गर्नुभएका वरिष्ठ फिजिसियन डा. केदार नरसिंह के.सी.ले सफल नेपाललाई बताउनुभयो ।
शिविरमा व्यवस्थापकीय भूमिकामा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा स्थानीय संयोजकका रुपमा बरिष्ठ डेन्टल हाइजिनिष्ट राजेन्द्र रानामगर रहनुभएको थियो । सफल नेपाल