राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त हुनु भएको छ ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहनुभएका खनाललाई आगामी ४ वर्षका लागि सरकारले सीईओमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा मास्टर, कानूनमा एलएलबी गर्नुभएका खनाल २०६४ सालमा आठौ तहबाट बैंकमा सेवा प्रवेश गर्नुभएको हो ।
सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि कायम मुकायम सीईओको जिम्मेवारीमा रहनुभएका खनाललाई बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो ।
सीईओका लागि आवेदन दिएका १९ जना बाट ५ जना छनोट गरेर अन्तरवार्ता गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहनुभएको थियो । सफल नेपाल