~ राजबल्लभ कोईराला
जस्तो कि
कोईली चरीलाई
बाटामा देखिने
हरेक मान्छेको बारेमा जान्नु छ
छिन छिनमा को हो? को हो? भन्छ
हुन त
यतै बाटामै हिड्ने मान्छेहरु पनि
कता हो? र के छ ? सोध्छन्
प्रकृति पनि हो
यस्तै छम् हामी
चासो पनि
माया पनि
हाम्रा पालाका हामी
यस्तै नै त हो
अनि उस्तै उस्तै
प्रकृति र मान्छे पनि
…
जस्तो कि
यता नेपालतिर
घाम पनि
बेग्लै किसीमले निस्किन्छ
हरेक प्रभातको शुरूवात
बिशेष खास
…
घरघाम तीर
आँखा चिम्लेरै
बिस्ताराबाट
संसार छर्लगैं देखिन्छ है
नजिकै परेकाको घुरघुर घुरघुर
छेवैमा चराको चुरचुर
बाटामा दौडीने सवारीको आवाज
बोल्दै र खित्किदै हिडेका नानीबाबुहरु
यतै कतै नजिकै
दाँत माझ्दै, खाक खाक गर्ने कुनै काका
..
मैले उहिल्यै देखी सुनेको
आँखै नखोली देखेको
अच्चमै खास लाग्छन्
आफ्ना गाँउधरका बिहानीहरू