मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा जोर्नीको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। त्यसकारण यस्ता जोर्नीको प्रत्यारोपण गरिन्छ। नेपालमा जोर्नी प्रत्यारोपण र यसको अवस्था, जोर्नी प्रत्यारोपण कस्तो अवस्थामा गर्ने लगायतका विषयमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा. डा. नविस मान सिंह प्रधानसँग कुराकानी गरेर र ॐ हस्पिटलमा जोर्नी प्रत्यारोपण गरेका विरामीहरुको अनुभव समेटेर तयार पारिएको विशेष फिचर ।
शरिरको चल्ने भागलाई हामी जोर्नी भन्छौं। हात र पाखुराको बीच भाग कुहिना, कम्मर मुनीको हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन्। जोर्नी प्रत्यारोपण दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाड खिइएर भएकाहरुलाई गरिन्छ। जोर्नीमा हाड खिइएर यति दुख्छ कि बिरामी हिड्नै सक्दैन। हात, गोडा, चलाउन नै सक्दैन । त्यो हाड खिइएर बिग्रिएको भाग तासेर त्यसपछि कृतिम जोर्नी राखेर गरिने सर्जिकल उपचारलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ।
बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्नीको समुचित विकास नहुने लगायतका अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
जोर्नी दुख्ने, हिड्नै नसक्ने, दैनिक गर्दै आएका काम समेत गर्न नसक्ने भएपछि केही समस्या छ कि भनेर अर्थोपेडिक सर्जनलाई जचाँउनुपर्छ।
जोर्नी दुखेपछि अप्रेसन विनाको उपचार पद्धतिमा सबैभन्दा पहिला जान सकिन्छ। यसमा नियमित ब्यायाम गर्नुपर्छ। ब्यायामका केही विधि हामीले तय गरेका छौं। हाम्रो ॐ हस्पिटलको फिजियोथेरापी टिमले यस विषयमा उचित सल्लाह तथा उपचार गर्ने गर्छ ।
धेरै तौल भएका र मोटा मानिसहरुमा पनि जोर्नीको समस्या देखिदैँ आएको छ। शरिरलाई ओभरलोड भयो भने जोर्नी दुख्ने समस्याले सताउँछ । शरिरले थाम्न नसक्ने गरी मोटो भएपछि त्यसलाई हामी बडी मास इडेक्स (वि.एम.आई.) बढी भएको भन्छौं । जोर्नीमा भार पर्न नदिन मोटोपनलाई हटाउनुपर्छ, नियमित ब्यायाम गर्नुपर्छ। धेरै बेर पलेटी कसेर र टुक्रुक्क बस्नु हुँदैन ।
जोर्नी दुख्न थालेपछि हड्डी खिइने क्रमलाई ढिलो गराउने इजेक्सन पनि लगाउन सकिन्छ। जसलाई ग्रोथ फ्याक्टर इन्जेक्सन भनिन्छ । विरामीको आफ्नै रगत निकालेर र त्यही रगतबाट ग्रोथ फ्याक्टर तयारगरी जोर्नीमा सुई लगाउन सकिन्छ । यसले हड्डी खिइँने प्रकृयालाई ढिलो बनाइदिन्छ । रगत निकालेर यसरी सुई लगाउँदा १० वर्षभित्रमा हड्डी खिइन्थ्यो भने ५ वर्ष टाढा धकेल्छ ।
अर्को हड्डी बांगो टिंगो भए त्यसलाई सिधा गर्नुपर्छ । त्यसपछि पनि भएन भने प्रत्यारोपणबाट सहयोग लिन सक्छौं। खिइएको भाग तासेर कृतिम जोर्नी राखेर चल्न मिल्ने बनाइन्छ।
४० वर्षको उमेरपछि घुँडाको जोर्नीहरू खिइँदै जान्छ । ६० देखि ६५ वर्षको उमेरसम्म पुग्दा लगभग सबै जोर्नी खिइसक्ने भएकाले यो उमेर समूहका मानिसमा जोर्नी प्रत्यारोपण बढी गर्नुपर्ने हुन्छ । हिप जोर्नीको समस्या पनि उमेरका कारण देखिन्छ तर विभिन्न रोगले ४० देखि ४५ उमेर समूहका मानिसमा हिपको जोर्नी फेर्नुपर्ने देखिएको छ ।
मुख्यतया हिपमा रक्तसञ्चार कम भएर जोर्नी खराब हुन्छ । जोर्नीमा रक्तसञ्चार कम हुने पनि विभिन्न कारण छन् । लामो समय स्टेरोइड प्रयोग गर्ने र रक्सी पिउने मानिसमा हिपको जोर्नीमा विस्तारै रक्तसञ्चार घट्दै जान्छ र जोर्नी खराब हुन्छ ।
नेपालमा १९९८ तिर घुँडाको प्रत्यारोपण भित्रिएको छ। हिपको त्यो भन्दा अघि देखि नै सुरु भएको हो। त्यस बेला आक्कल झुक्कल मात्र प्रत्यारोपण गरिन्थ्यो । नेपालमा घुडाँ, हिपको साथै दुर्घटना परेकाहरुलाई बढी मात्रामा जोर्नी प्रत्यारोपण गरिदैँ आएको छ। बालबालिकामा क्षयरोग भएकाहरुको हकमा भने पछि रगतको सकुलेसन हिप ज्वाइन्टमा नपुग्ने समस्या पनि छ।
जोर्नी प्रत्यारोपणका लागि अस्पतालमा अत्याधुनिक सुविधा सम्पन्न अपरेसन थिएटर हुनुपर्छ । इन्फेक्सन कन्टोल गर्ने राम्रो ब्यवस्था हुनुपर्छ । अर्थोपेडिक सर्जनहरुको शिक्षा, तालिम र अनुभव राम्रो हुनुपर्छ । सघन उपचार विशेषज्ञ चिकित्सक र नर्स सहितको आइसियु राम्रो चाहियो, एनेस्थेसिया टिम पनि राम्रो हुनुपर्छ, फिजियोथेरापि टिमका साथै बिरामीलाई साइकोलोजिकल रुपमा सपोर्ट दिने अर्को टिम पनि तयार अवस्थामा रहनुपर्छ। अप्रेसनपछि पनि विरामीलाई समस्या आउन सक्छ त्यसलाई पनि ट्याकल गर्नसकने क्षमता हुनुपर्छ । ॐ हस्पिटलमा यि सबै कुराहरुको राम्रो सुविधा मिलाइएको छ ।
जोर्नीको प्रत्यारोपण ॐ अस्पतालमा सुलभ मूल्यमा गरिँदै आएङ्को छ । सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्छ । शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनर्स्थापना गर्ने यो प्रक्रियालाई नै जोर्नी प्रत्यारोपण वा अंग्रेजिमा आर्थोप्लास्टी भनिन्छ ।
पहिले पहिले जोर्नी प्रत्यारोपणपछि लामो समय बेड रेस्ट गर्नुपर्छ भनिन्थ्यो । तर अहिले पुनर्स्थापनाको नया तरिका अनुसार धेरै व्यक्तिहरू जोर्नी प्रत्यारोपण गरेको केहि दिनमा नै वाकर वा लठ्ठीको भरमा हिंड्न सक्छन् ।
सामान्यतः शल्यक्रियाको चारदेखि पाँच दिन अस्पतालको बसाइपछि छैटौं दिन बिरामीलाई डिस्चार्ज गरिन्छ भने १४ दिनमा टाँका काटिन्छ । ६ हप्तामा एक पटक फलोअपको लागि अस्पताल आउनुपर्छ । बिरामीलाई ६ हप्ता लठ्ठी, बैशाखी वा अन्य कुनै सहायताले हिंड्न लगाइन्छ भने त्यसपछि परिस्थिति हेरेर सहयोग बिस्तारै हटाउँदै लगिन्छ । शल्यक्रिया गरेको तीन महिनापछि बिरामी कुनै पनि सहयोग बिना हिंडडुल गर्न सक्छन् ।
जोर्नी प्रत्यारोपणमा विशेष किसिमको प्रोस्थेसिस राखिन्छ । यसलाई विभिन्न परीक्षण गरेर शरीरमा नै राख्न बनाइएको हुन्छ । यो मुटुमा पेसमेकर र हातखुट्टा भाँचिदा प्लेट राखे जस्तै हो, जुन सुरक्षित छ र केही साइड इफेक्ट हुँदैन ।
शल्यक्रिया मार्फत कृत्रिम जोर्नी राखिएको हुनाले यसको जतन गर्नुपर्छ । प्रत्यारोपण गरेका व्यक्तिहरू होचो ट्वाइलेटमा वा पलेंटी कसेर टुक्रुक्क बस्न हुँदैन । जोर्नीको वरपरको मांसपेशी बलियो बनाउन दैनिक फिजियोथेरापी गर्नुपर्छ ।
बिरामीलाई कुनै पनि प्रकारको संक्रमण भयो भने छिटो उपचार गर्नुपर्छ, जसले संक्रमण जोर्नीमा सर्न पाउँदैन । रुख चढ्ने, उचाइबाट हाम फाल्ने जस्ता जोखिमयुक्त क्रियाकलापबाट टाढा रहनुपर्छ ।
प्रविधिको विकाससँगै यस किसिमको शल्यक्रियाबाट जटिलताहरू जस्तो घाउ पाक्ने, जोर्नी खुस्किने, खुकुलो हुने, रगतको नसामा रगत जम्ने (डीभीटी) लगायतका समस्याहरू धेरै नै कम भएका छन् । यो सेवा लिन चाहने बिमारीहरूले शल्यक्रियाबाट थप समस्या आउँछ भनेर नकारात्मक किसिमले सोच्नु पर्दैन ।
हाडजोर्नी खिइएर विशेषगरी घुँडा र हिपको जोर्नी बिस्तारामा थलापर्ने अवस्था भएका बिमारीहरूले
जोर्नी प्रत्यारोपण गर्दा आफ्नो जीवनमा निक्कै नै परिवर्तन भएको महसुस गर्छन् । उमेर ढल्कँदै गएपछि अब कति नै पो बाँचिन्छ र भन्दै किन जोर्नी फेर्नुपर्यो भन्ने धारणा पनि आउन सक्छ । त्यो त्यति उपयुक्त देखिंदैन । जोर्नी फेर्ने भनेकै खासगरी उमेर पुगेका बिमारीहरूको लागि हो ।
जोर्नीको स्वास्थ्य जोगाउन हामीले निश्चित उमेरपछि धेरै उकालो ओरालो नगर्ने र भर्याङ तलमाथि नगर्ने, लामो समय पलेंटी कसेर तथा टुक्रुक्क नबस्ने, पोषिलो सन्तुलित खानपान र व्यायाम गरेर पनि हामी जोर्नीको समस्यालाई न्यूनीकरण गर्न सक्छौं ।
मुटु रोगी र उपचार गर्न मानसिक रुपमा तयार नभएका विरामी र जोर्नीमा संक्रमण भएका विरामीहरु, जोर्नीमा क्यान्सर भएका विरामीको भने जोर्नी प्रत्यारोपण गर्न सकिदैँन ।
जोर्नी प्रत्यारोपण गरेका विरामीहरुको अनुभव यस्तो छ …
ॐ हस्पिटलमा जोर्नी प्रत्यारोपण गराउनु भएकी काठमाडौंकी ७० बर्षिय रत्नमाया महर्जनले आफु हिडडुल गर्न समेत समस्या भएपछि अर्थोपेडिक कन्सल्टेशनकालागि ॐ हस्पिटल आएर डा. नविस मान प्रधानसँग परामर्श गरी उहाँकै सल्लाह अनुसार अर्थोप्लाष्टि गराएको बताउनुभयो ।
अपरेशन गर्नु पहिले असाध्यै घुँडा दुखेर थला परेको र उठ्न बस्न र हिडडुल गर्न समेत नसक्दा असाध्यै गाह्रो भएको उहाँले बताउनुभयो । तिन बर्षअघि एकजना आफन्तको प्रत्यारोपण सफल भएर सजिलोसँग हिडडुल गरेको देखेपछि आफुपनि उपचारकालागि आएको र उपचारकालागि विदेश जाने धेरै आफन्तको सल्लाह नमानेर यहाँ ॐ अस्पतालमा आएर उपचार गरेको उहाँको भनाई थियो । केहिदिन अस्पताल भर्ना भएर उपचार र फिजियो थेरापि गरेपछि डिस्चार्ज भएर घर गएको र हाल आफुलाई निकै सहज र राहत भएको उहाँको भनुभव छ ।
उपचारपछि अहिले हिडडुल गर्न समान्य जनजिवनका कामकाज गर्न निकै सहज भएको छ । उपचर गर्नुहुने डा. नविसलाई हृदयदेखी धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
काठमाडौंकी ६५ बर्षिय कमला मल्लको अनुभव पनि उस्तै छ । उहाँ भन्नुहुन्छ “दुखेर हैरान पार्यो एक हिसावले थला परेको भन्दा पनि हुन्छ । खाना समेत बुहारीले ओच्छ्यानमा नै ल्याइदिनुपर्ने अवस्थासम्म आयो । ॐ अस्पताल आएर जचाउँदा अव उपचार भन्दापनि घुँडाको जोर्नी प्रत्यारोपण गर्ने सल्लाह डा. नविसले दिनुभयो र उहाँकै सल्लाहमा प्रत्यारोपण गरेपछि अहिले हिडहुल गर्न सजिलो भएको छ । उपचारमा संलग्न अर्का अर्थोपेडिक सर्जन डा सुसन बैद्य र नर्सिङ स्टाप तथा कर्मचारीहरु सबैप्रति उहाँहरुले अस्पताल बसाइमा देखाउनुभएको माया र स्याहारकालागि आभार ब्यक्त गर्नुभएको छ । नेपालमा आफ्नै ठाँउमा यसरी सजिलै उपचार गराएर निको हुन पाएकोमा निकै खुशी छु ।“
काठमाडौंकी ६५ बर्षिय विमला तुलाधरले पनि गतबर्ष ॐ अस्पतालमा नै घुडाको जोर्नी प्रत्यारोपण गराउनुभएको हो । उहाँको आफु विगत १० वर्ष अघिदेखी घुँडाको दुखाई सहेर बसेकी थिए । पहिल्ला तीन बर्ष त अत्यन्त धेरै दुखाई सहेर पेन किलरको भरमा बल्ल बल्ल हिड्न सम्म सक्ने भएको देखेर एकजना आफन्तको सल्लाहमा ॐ हस्पिटलमा आएर जचाउँदा घुडाको हाड खिएर समस्या भएको थाहा भयो । डा. सुजन र डा. नविसको सल्लाह अनुसार यहाँ भर्ना भएर प्रत्यारोपण गरेपछि अहिले निकै सजिलोसँग हिडडुल गर्ने भएको र सामान्य रुपमा आफ्ना दैनिकी कामकाज गर्न सक्ने भएकी छु ।
डा. नविसले पहिले प्रत्यारोपण गराएका विरामीहरुको भिडियो देखाएर राम्रोसँग सम्झाउनुभयो केहि समयको कुरा हो उपचार अत्यन्त प्रभावकारी छ भन्नुभयो हुनपनि त्यसतै रहेछ म तीन महिनामा पहिले झै सामान्य अवस्थामा आफ्नो कामकाज हिडडुल सबै गर्न सक्ने भएकी छु । धन्यवाद ॐ अस्पताल परिवार र यहाँका डाक्टर नर्स र कर्मचारीहरुलाई मैले अत्यन्त पारिवारिक वातावरण पाँए । म जस्तै घुँडा खिएर दुखाई सहेर बस्ने कोहि हुनुहुन्छ भने ॐ अस्पतालमा सुलभ र सहजरुपमा उपचार हुन्छ निर्धक्क भएर आउनुहोस । सफल नेपाल