स्काउट समय सापेक्ष हुनुपर्ने युवामन्त्री श्रेष्ठको जोड

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ।

बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै  मन्त्री श्रेष्ठले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसावले अघि बढ्न आवश्यक रहेको बताउनुभयो। उहँँले स्काउट समय सापेक्ष बनाउँदा स्काउटले सेवा आफ्नो धर्म र मर्म भएको बिर्सिनु नहुनेमा जोड दिनुभयो।

May be an image of 6 people, dais and text

मन्त्री श्रेष्ठले स्काउट केका लागि स्थापना भएको हो ? भन्नेकुरा नबिर्सिकन समय सापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको भन्दै स्काउटका सम्पतीहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताउँदै उहाँले धेरै भन्दा धेरै युवालाई यो अनौपचारिक शैक्षिक अभियानमा समेटेर सुयोग्य अनुशासित र सेवामुखी बनाउन सरकारको हर सम्भव साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो  । रासस


ताजा खबर