बिहान प्रायले सोध्नुहुन्छ ‘ भात खानु भयो ‘?? म बिहान भात खान्न भन्ने मेरो जवाफ धेरैलाइ पच्तैन र र सोध्नु हुन्छ के खाने त ???
मेरो बिहानको खाना उमारेको मेथी र गेडा मुङ दाल , अभकाडॊ, ऒखर, देशी बदाम र किसमिस अनि कागतिको रस, मह ,पिप्लाको धूलो र बेसार तातो पनीमा।
बेलुका भात या फापर कोदोकाो रोटी, दाल वा गेडागुडी र सागपात। बिहान पाहुना आएभने १२/१ बजे भातै खान्छौ र बेलुका नखाने। श्वस्थ्य खानाको परिणाम यही जूनीमा भोग्न पाइँदो रहेछ। मेरा हड्डी बलीया छन् रे दश बर्ष पछि खिइने दुइ प्रतिशत चान्स छ रे।
ड्राइभर लाइसेन्स चश्मा लाउन नपर्ने गरि इसं २०३२ सालसम्मको दिय़ो। घॅूडा कम्बर दुख्न थालेको छैन। पेट सम्बन्धि सिकायत मलाइ कहिल्यै भएन।
गाउॅका अरुलाइ र घरमा दिदी दाजुलाइ ज्वरो आएको थाहा पाएपछि मलाइ नि आवस भनेर पुकारा गर्थें कहिल्यै आएन। धनवन्तरी ,चरक जो आयूर्वेदाचार्य हुनुहुन्छ मलाइ सपनामा शूत्र बताइ दिनुहोस के खॅादा वा गर्दा म सय बर्षसम्म रोग नलागी बॅाच्न सकौं ??
शरिर सम्पति बा भन्नुहुन्थ्यो हो रहेछ।