सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धी भएको सम्झौतालाई कार्यान्वयनमा लैजानका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

एमालेबाट वर्तमान सरकारमा मन्त्री रहनुभएकाहरुले आजै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएर समर्थन फिर्ता गरिएको पत्र समेत प्रधानमन्त्रीलाई दिने निर्णय भएको छ ।

साथै आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुन लागेको राष्ट्रिय सरकार निर्माणमा पदबाट राजीनामा दिएर सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय समेत भएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो । रासस


ताजा खबर