नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यहि असार २८ गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले प्रस्तुत गर्ने प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न व्हिप जारी गर्नुभएको नेपाली काँग्रेसले जनाएको छ ।
नेकपा एमालेले यस अघि नै अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । रासस