राष्ट्रपति राम चन्द्र पौडेलले नयाँ सरकार गठनका लगि आह्वान गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।
संविधानको धारा ७६(२) मा दुई वा त्यो भन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।
प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले असार ३० गते ५ बजे सम्म अर्थात ७२ घन्टा समय सीमा दिनु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।