आर्को मुखर्जी : नेपाली गीत दुरुस्त गाउने विदेशी गायक (भिडियो सहित)

आर्को मुखर्जी क्रमश नेपाली समाजमा पनि नेपाली गीत दुरुस्त गाउने विदेशी गायकका रुपमा चर्चामा पुगेका छन् । रेशम फिरिरि देखी के माया लाउनु साईली जस्ता गीतहरु आर्को मुखर्जीले नेपालमै आएर दुरुस्तै गाएका भिडियोहरु नेपालीहरुले मन पराएका छन् । बंगाली मुलका आर्को मुर्खजी भारतीय नागरीक हुन र उनी संगीत संकलक हुन्, विभिन्न देशका व्याण्ड र गायक संग आर्कोले समायोजन गरेर गीत गाएका भिडियोहरु यूट्यूबमा उपलब्ध छ ।

भर्खरै उन्ले झलकमान गन्धर्वको संझनामा बाला जोबन बोलको गीत गाएका र अपलोड गरेका छन् । होमसेसन्स भनिएको यस भिडियोमा उनले घरैमा सानो यूकुलेली बजाँउदै गाएका छन् । भिडियो डिसक्रिप्शनमा यिनले झलकमान गन्धर्वको आवाजको प्रशंशा र नेपाललाई धन्यवाद दिँदै विश्वमा माया फैलाउन जरुरी भएको लेखेका छन् । केहि कमेन्टहरुमा त यिनलाई पूर्वजन्ममा तिमी नेपाली भएकाले यस जन्ममा पनि नेपाली संगीतलाई यति माया गरेको भन्ने सम्म लेखिएको छ ।

हेर्नुहोस यो भिडियो …

 


ताजा खबर