प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको हो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिनेमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ जना सांसदले मत  दिनुभयो । उहाँको विपक्षमा १९४ मत परेको छ भने एक मत दिन्न भन्नेमा परेको छ ।

शुक्रवारको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो।

२०७९ साल पुस १० गते प्रधानमन्त्री हुनुभएका प्रचण्डले आज पाँचाैँ पटक विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गर्नुभएको हो । यसअघि

पहिलो पटक  पुस २६ गते उहाँकाे पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो । यस्तै २०७९ साल चैत ६ गते १७२ मत पाउनुभएका उहाँले तेस्रो पटक  २०८० साल फागुन ३० गते र चौथो पटक जेठ ७ गते विश्वासको मत लिँदा समान १५७ मत पाउनुभएको थियो ।

तर यो पटक उहाँलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिए ।


ताजा खबर