अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ ।

गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए ।

त्यस्तै, गोली प्रहारमा संग्लग्नको आशङ्का गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुमा उल्लेख छ ।  बीबीसी


ताजा खबर