प्रतिनिधि सभाको बैठक सोमबार बस्ने

प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक भोली सोमबारका लागि सरेको छ ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।

यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्ने गरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।  रासस


ताजा खबर