पेट दुखाई र इरिटेबल बावल सिन्ड्रोम : डा.ए.के कश्यप

केहि समय यता युवा वर्गमा पेटको एक विशेष रोग वा समस्या बढ्दै गइरहेको छ। पेट दुखाई सँगै बिभिन्न लक्षणहरु सहित देखापर्ने यस्तो समस्यालाई आइबियस (इरिटेबल बावल सिन्ड्रोम) भनिन्छ।

पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल, क्लिनिकमा आउने गर्छन्। हरेक पेटको रोग ग्यास्ट्रिक वा विशेष गरेर युवा वर्ग, अफिसमा काम गर्ने विद्यार्थी, पढेलेखेको वर्ग, अलि मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखापर्न थालेको छ।

IBS

खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा खान खाने विशेष गरी यो पेटको समस्या लिएर आउनुहुन्छ। यसमा पेट फुल्ने, असजिलो र पेट दुख्ने हुन्छ। कोही कब्जियतको समस्या लिएर आउनु हुन्छ। कोही दिनमा ३, ४ पटक दिसा लाग्यो भनेर। दिसा गरेपछि हल्का आराम महसुस हुनेगर्छ।

परीक्षण गर्दा सबै जाँच भिडियो एक्सरे, इन्डोस्कोपी, पेट को ( CT SCAN ) सी.टी स्क्यान, कोलोनोस्कोपीमा केही पनि खराबी देखिन्न।

चिन्ता, टेन्सन, अत्तालिएको बेलामा समस्या बढेर आउँछ। केही काम गर्दा भन्दा नगर्दा यसै बस्दा बढी समस्या भएको भान हुन्छ।

यसलाई आइबीयस (इरिटेबल बावल सिन्ड्रोम) भनिन्छ। यो समस्या थुप्रै मानिसमा देखिने गरेको छ। इरिटेबल बावल सिन्ड्रोम र ग्यास्ट्रिक दुबैमा कति पटक उस्तै लक्षण देखिन्छन् ।

Irritable bowel syndrome.jpg

धेरै पटक यी दुईबीच भिन्नता छुट्याउन गाह्रो हुन्छ। ‘ग्यास्ट्रिक’ भन्दै उपचार हुनेगर्छ। समस्याको सही पहिचान नहुँदा मानिस इरिटेबल बावल सिन्ड्रोममा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन्।

औषधि खाँदा हल्का निको भएको अनुभव पनि हुन्छ। कति बिरामी त औषधि खाँदा ठीक तर औषधि छोड्न साथ गाह्रो महसुस गर्नुहुन्छ। लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ र पूर्ण रूपमा समस्या निको भाको छैन वा औषधिमा बानी परेको छ भने ख्याल राख्नुस् हजुरलाई इरिटेबल बावल सिन्ड्रोम पनि हुन सक्छ।

यसको उपचार ग्यास्ट्रिकको भन्दा केही फरक हुन्छ। विशेष गरेर युवा वर्ग,  मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखा पर्न थालेको छ।

खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने ब्यक्तिहरु यो पेटको समस्या लिएर आउनुहुन्छ।

इरिटेबल बावल सिन्ड्रोम किन बढ्दो छ ?

१. चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग सानै स्कूल, कलेजबाटै हुँदा ।

२. जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पट, पानीपुरी, दालमोठ, चाउचाउ, तेलमा, घिउमा फ्राइ गरेको, तारेको, पकौडा, समोसा, निम्किन, चकलेट, चना, केराउ, कोक नै स्थायी खाजाको रुपमा लिनाले ।

३. अफिसमा काम गर्ने, बाहिर काममा हिँड्नुपर्नेहरु खाली पेट बढी बस्ने, खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा खाने, खाजा राम्रो नखाने ।

४. दुई छाक टन्न खाने: यसले २४ घण्टालाई टार्न खोज्ने तर दिउँसो खाजा नखाने ।

५. दूध चिया बढी खाने, कफी खाने चलन अहिले युवा वर्गमा बढेको पाइन्छ ।

६. चकलेट, कोक, फ्यान्टाजस्ता कृतिम पेय पदार्थको बढी प्रयोग ।

७. साँझ बाहिर र चिल्लो, रातो मासु, तेलमा, घिउमा फ्राइ गरेको, तारेको माछा मासु फ्राइ गरेको बढी खाने, रक्सीको बढी प्रयोग आदि ।

८. घर बाहिर बढी खाने चलन।

यस्तो तरिकाको खानपानले पनि हाम्रो समाजमा अहिलेको अवस्थामा युवा वर्गमा पेटको समस्या बढ्दै गइरहेको छ। के खाने, के नखाने त्यो बुझ्नु आवस्यक छ। साथ साथमा निम्न कुरामा पनि ख्याल राख्नु उत्तिकै जरूरि छ।

पानी बढी पिउने, हरियो साग सब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने, ३/४ घण्टा को फरकमा केही खाइरहने।

खाली पेट बस्दै नबस्ने। तर, खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने। कुनै पनि किसिमको मानसिक वा शारीरिक तनावबाट सकभर टाढै रहने।

हाँस्ने, बोल्ने, रमाउने। डाक्टरलाई बेला बेलामा देखाउने, आवश्यकता अनुसार औषधि बढ्ने, घट्ने पनि हुन सक्छन्।

रोगको सही पहिचान, डाक्टरको सल्लाह बमोजिम औषधी केही समय मिलाएर खानुपर्छ।  यसो गर्न सके यी समस्याबाट टाढा रहन सकिन्छ ।

डा. कश्यप ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपालका अध्यक्ष हुन् ।


ताजा खबर