नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनुभएका पर्यटन व्यवसायी श्यामबहादुर पाँडेको ८८ वर्षको उमेरमा निधन भएको छ ।
पाँडेको पार्थिव शरीरलाई सोमबार ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको जानकारी उहाँका छोरा प्रसिद्ध पाँडेले दिनुभयो ।
पाँडे होटल साङ्ग्रिलाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । साथै उहाँ पाटा, हानलगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्धनमा विशिष्ट योगदान दिनुभएको छ ।
पाँडे लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । होटल एसोसिएसन अफ नेपाल (हान)का पूर्व अध्यक्ष समेत रहेका पाँडे पर्यटन क्षेत्रका पायोनियर हुनुहुन्थ्यो ।
सन् १९३६ अक्टोबर १२ मा सैन्य परिवार काठमाडौँमा जन्मनुभएका पाँडे पर्यटन विकास र प्रवर्द्धन गर्न निकै सक्रिय र सहयोगी भूमिका निभाउनुभएको थियो ।
नेपालको पर्यटन क्षेत्रको व्यापारमा राजपरिवार र घरानियाँको मात्र हात रहेको समयमा निजी क्षेत्रबाट पर्यटन व्यवसाय गर्ने चुनौती लिनुभएका पाँडे नेपालको पर्यटनीय क्षेत्र सम्बन्धित परिकल्पनालाई व्यवहारमा कार्यन्वयन गर्न सक्ने विश्वसनीय व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।
पाँडे सन् १९६८ मा सरकारी जागिरबाट अवकाश लिएपछि पूर्ण रुपमा पर्यटन क्षेत्रम लाग्नुभएको थियो। उहाँका दुई छोरा पनि होटल क्षेत्रमै क्रियाशील हुनुहुन्छ । सफल नेपाल