परराष्ट्रमन्त्रीसँग युएई र इजरायली राजदूतको भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गर्नुभयो ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । रासस


ताजा खबर