पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यसचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला हुनुभएकामा बधाई दिनुभएको हो ।

प्रधानमन्त्री ओलीका अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


ताजा खबर