दिवङ्गत सबैमा भावपूर्ण श्रद्धाञ्जली !

~बालेन

खसेको त हामी दुबै थियौ

तिमी जहाजबाट खस्यौ, म बसबाट।

मरेका त हामी दुबै थियौ,

तिमी जलेर मर्यौ, म डुबेर।

तिमी १० मिनेटमा भेटियौ,

मलाई सायदै भेटाउलान्।

तिम्रो परिवार लास पाएर रोएको छ,

मेरो लास नपाएर।

फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे

म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।

तिमी मर्दा देशको झण्डा आधा झुक्यो

म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो

दिवङ्गत सबैमा  भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना !

 


ताजा खबर