पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न भागमा वर्षा तथा हिमपात भएपछि मौसममा क्रमिक सुधार भइरहेको छ। आकाश खुलेर घाम लागेपछि मानिसहरू बाहिर निस्किन थालेको देखियो।
हिमपात भएका जुम्ला, कालीकोट, मुगु र सोलुखुम्बुको सामान्य जनजीवन प्रभावित भएपनि शनिवार केटाकेटी तथा युवा-युवतीहरू हिउँ खेल्न निस्किएका छन्।
शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन “केही समय लाग्ने” मौसमविद्ले बताएका छन्। शनिवार साँझबाट मौसममा सुधार आउँने उनीहरूको भनाइ छ।
हिमपातका केही दृष्यहरू तस्बिरमा:
हिमपातपछि खुलेको ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभराको मन्दिर क्षेत्र। पृष्ठभूमिमा कञ्चनजङ्घा हिमाल। (तस्बिर: तुलसा निरौला)
हिमपातपछि सोलुखुम्बुको स्याङ्बोचेमा याक विकास फार्मका कर्मचारी याक तथा चौँरीको स्यहारमा जुटेका थिए। (तस्बिर: ललन यादव)
हिमपातपछि सगरमाथा क्षेत्रमा पदयात्रा कठिन भएको छ। (तस्बिर सौजन्य: ललन यादव)
जुम्लामा देखिएको एक कुकुर। (तस्बिर सौजन्य: दीपक बानिया)
जुम्लाको चन्दननाथ मन्दिर वरपर हिउँ परेको दृष्य। जुम्ला लगायत विभिन्न उच्च पहाडी स्थानमा हिउँ परेको खबर प्राप्त भएको छ। (तस्बिर सौजन्य: दीपक बानिया)
मौसमविद्का अनुसार अहिलेको प्रतिकूल मौसमी अवस्थामा सुधार भएपनि जाडो महिना भएकोले अझै केही साता तापक्रम भने घट्ने क्रममा नै रहने छ। (तस्बिर: कृष्णमाया उपाध्याय)
शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन “केही समय लाग्ने” मौसमविद्ले बताएका छन्। (तस्बिर सौजन्य: दीपक बानिया)
जुम्लामा हिउँमा रमाउँदै स्थानीय बासिन्दा। (तस्बिर: कृष्णमाया उपाध्याय)