नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन। स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।
एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबल टेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन् ।
उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको विश्व एक्वेटिक्स च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए । जारी ओलम्पिक्समा नेपाली खेलाडीले बनाएको यो पहिलो राष्ट्रिय कीर्तिमान हो । दोस्रो पदक ओलम्पिक खेलेका एलेक्जेन्डरले यसअघि टोकियो ओलम्पिकमा पनि एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका थिए ।
यससँगै पेरिस ओलम्पिकमा नेपालको पौडी खेल यात्रा सकिएको छ । यसअघि पौडी खेलाडी डुवाना लामा पनि हिट्सबाट नै बाहिरिएसकेकी थिइन। एलेक्जेन्डर बाहिरिएसँगै ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये ५ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् ।
टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीकी डुवाना लामा पहिलो चरणबाट बाहिरिएका हुन । अब नेपालबाट म्याराथनमा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ। म्याराथनमा भाग लिन सन्तोषी मङ्गलबार नै पेरिस प्रस्थान गर्नुभएको छ । रासस