आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि हात पारेकी छन ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच केसीले मिस नेपालको उपाधि जितेकी हुन । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

यसैगरी श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको विधामा कृति श्रेष्ठले उपाधी हात पारिन्  । उनीहरु सबैले २५ हजार नगद पुरस्कार पाएका छन् ।