राष्ट्रपतिद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले ललितपुरको जावलाखेलमा आइतवार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई भोटो जात्रा अवलोकन गर्नुभएको हो ।

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीहरूले भोटो देखाएका हुन।

भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरूलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । साथै भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य सहभागिता थियो ।

रासस


ताजा खबर