मौसमले साथ नदिँदा तीन दिनदेखि राराका उडान प्रभावित

मुगु जिल्ला स्थित रारा विमान स्थलमा ३ दिन देखि उडान हुन सकेको छैन ।

मौसममा फेरबदली आइ रहँदा रारा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुमा जनाएको छ । शुक्रबार नेपालगन्जबाट समिट एअरले यात्रु लिएर मुगुका लागि उडेपनी जुम्ला जिल्लाको नराकोट माथी पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुन नेपालगन्ज विमानस्थल फर्केको थियो ।

शनिवार मौसम नै खुलेन तर आइतबार मौसम खुलेको भएपनी समिट एअरले पहिलो फ्लाइट हुम्ला दोस्रो जुम्ला गरेपनी तेर्सो फ्लाइट राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिटले एअरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गरेको थियो ।

तीन दिन देखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमान स्थलबाट नेपालगन्ज जाने यात्रुहरू अलपत्र जस्तै परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च गर्ने पैसा पनि नरहेको यात्रुहरू दुखेको सुनाउँछन् ।

रारा विमान स्थलमा उडान नहुँदा मुख्य गरि वर्षे बिदामा घर गएका शिक्षकहरू प्रभावित भएका छन् । शिक्षक नम्रता मल्ल भन्नुहुन्छ सडक राम्रो छैन । उडान मौसमले निश्चित छैन मौसम खुलेपनी स्थगित भएको जिल्लाको उडानलाई प्राथमिकता नदिएर पहिला अन्य जिल्लामा उडाइन्छ ।

रारामा उडान भन्ने ३ एअरलायन्सहरु मध्य तारा एअर मर्मत सम्भारको लागि काठमाडौँ र सिता एअरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एअरले मात्र उडान भर्दै आएको थियो ।

सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भाम आफ्नो एअरलायन्सले पनि मौसमले साथ दिए सम्भवतः सोमबारबाट रारा विमान स्थलमा नियमित उडान गर्ने बताउनु हुन्छ ।

रारा आफूहरूले नियमित उडान गर्दै आएपनी तीन दिन यता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअरका नेपालगन्ज स्टेसन प्रमुख वसन्त मल्ल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ मुगु जाने र मुगु बाट नेपालगन्ज आउने यात्रुलाई सेवा दिन कै लागि शुक्रबार यात्रु लिएर जहाज मुगु तर्फ उडेको थियो तर बिच बाटोमा मौसम बिग्रँदा जहाज फर्कनु पर्‍यो । रासस


ताजा खबर