~शोभा  पाण्डेेेय\ सिलवाल

हरियो वन नेपालको, हाम्रो ठुलो धन हो
यसको सबले रक्षा गर्नु, हाम्रो धर्म नै हो ।
वनले हाम्लाई गाँसबास ,र कपास नि दिन्छ
निःशुल्क  नै अक्सिजन, श्वास फेर्न दिन्छ  ।
वनको रक्षा गरे हजुर, वातावरण राम्रो 
जडिबुटी मार्फत् रोग, हटाउँछ हाम्रो  ।
वन आमा बनी हाम्रो ,सदा रक्षा गर्ने
हामी भनी गुन बिर्सी, यस्लाई मास्दै जाने ।
सम्दायको चउतर्फी ,विकास गर्ने वनले
रक्षा गर्नुपर्छ हाम्ले ,सधैँ भित्री मनले ।
वनको रक्षा गरे हाम्ले, रोजगार नि पाउने
 साना उद्योग खोल्न, सके धन नि कमाउने ।
 सकेसम्म रुख नकाटौँ, काट्नै परेदेखि
त्यही ठाउँमा वृक्षारोपण,  गरौँ  मनैदेखि ।
वनको रक्षा गर्न हामी, समाज सब एक हौँ
वनको रक्षक राखौँ, मिली नलाऔं डढेलौ ।
जडिबुटी उपयोग गर्दा, विचार पुर्‍या
भावी सन्तानका लागि, यसलाई जोगाऔं ।
वनको रक्षा गर्न सबले, नीति नै बनाई
नियमलाई पालन गर्ने ,बानी पारौँ सबलाई ।
आजैदेखि वन रक्षा, गर्ने  प्रण गरौँ
वनको हितमा हुने काममा, पछाडि नसरौँ ,पछाडि नसरौँ ।