राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकले बिदाइ भेट गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले सोमबार राष्ट्रपति भवनमा सो भेट भएको जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल र अष्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको सहायक प्रवक्ता पन्थीले बताउनुभयो ।
सोही अवसरमा राष्ट्रपति पौडेलले राजदूत वोकलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । रासस