बिहीबार सार्वजनिक उपस्थितlकालागि समर्थकहरूलाई हसिनाको आग्रह

अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उहाँले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भन्नुभयो । एएनआई

facebook sharing button

ताजा खबर