आचार्यको नयाँ तीज गीत ‘स्वामी जीले भन्छन्’ सार्वजनिक

नेपाल सरकारका सचिव सुरेश आचार्य उर्फ गीतकार सियरा आचार्यको नयाँ तीज गीत सार्वजनिक भएको छ । सियराको ‘स्वामी जीले भन्छन् मलाई, घर अँध्यारो नपार’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजमा सजिएको गीतमा राजेश थापाको कर्णप्रिय सङ्गीत रहेको छ । गीतको भिडियो पूजा ठकुरीको निर्देशनमा करण चाईसिरले खिचेका छन् ।

गीतकार पत्नी सन्जु आचार्यको निर्माण रहेको गीतको म्युजिक भिडियोमा सन्जु स्वयं र कलाकार जुना कार्की तथा सुरज लुँईटेलको शीर्ष अभिनय रहेको छ । अरुण थुलुङ राईको कोरियोग्राफी रहेको गीतको छायाङ्कन विभिन्न मनोरम स्थलमा गरिएको छ ।

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रमेश सेन्चुरीले सङ्गीत संयोजन र नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

भिडियो सौजन्यः Sierra Neo digital


ताजा खबर