बैंकले नजिकिंदै गरेका चाडपर्वलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम १ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने बताइएको छ ।
कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकको भनाइ छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने जनाइएको छ ।
त्यस्तै, बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यस योजना भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले बताएको छ । यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन ।
निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने छ । यो कर्जा सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने पनि बैंकले जनाएको छ ।