नेपाली काग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउसो पुन पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

यसैगरि महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने बिषयमा सहमति नजिक पुगिएको नेताहरुले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगाएतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ ।

केहि दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ । रासस