काँग्रेस महामन्त्रीद्वयका प्रस्ताव परिमार्जन सहित पारित

काँग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको प्रस्तावहरु परिमार्जनसहित पारित गरेको छ ।

पार्टी मुख्यालय सानेपामा आज बसेको  बैठकले महामन्त्रीद्वयको प्रस्तावहरु परिमार्जन सहित पारित गर्ने निर्णय गरेको हो ।

बैठकमा  पेचिलो रुपमा उठेको नेतृत्वको ‘एक्जिट पोलिसी’को विषयमा संविधान संशोधन गर्ने समयमा नै निर्णय पुग्ने गरी गरी सहमति जुटेको केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिनुभयो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्रीद्वय  थापा र शर्माको क्रमस सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुँदै आएको थियो ।

काँग्रेसले आशन्न महाधिवेशनको मिति सहितको विषयलाई केन्द्रीय समितिले अगाडि बढाउने,एक्जिट पोलिसी सहितका विषयलाई सम्बोधन गर्नेसहित आवश्यक संशोधन गर्नका लागि विधान मस्यौदा समिति गठन गर्ने लगायतका निर्णय पनि काँग्रेसले गरेको छ ।

विशेषगरी पार्टीको महाधिवेशन २०८२ मा गर्ने विषयमा महामन्त्रीले गरेको प्रस्तावमा विधान बमोजिम गर्ने भन्ने सहमति बनेको नेता सतारले जानकारी दिनुभयो ।

यस्तै गठबन्धनको बिषयमा भने आगामी निर्वाचन ताका नै काँग्रेसभित्र सर्वसम्मत निर्णय गरेर अघि बढ्ने निर्णय भएको छ ।

बैठकमा सनातन धर्मको विषयमा एजेण्डा नभएपनि आकस्मिक रुपमा छलफलमा आएपछि केही नेताहरु बीच उक्त विषय पार्टीको औंपचारीक प्रस्तावमा नभएको विषय छलफलमा ल्याइएको भन्दै भनाभनको अवस्था समेत सृजना भएको थियो ।

बैठकमा बोल्दै पार्टी सभापति शेर बहादुर देउवाले  प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै वर्तमान सत्ता गठबन्धनको विपक्षमा नलाग्न सदस्यहरुलाई निर्देशन समेत दिनु भएको छ । रासस


ताजा खबर