ॐ हस्पिटलमा कार्यरत डाक्टर तथा नर्सहरुका लागि सचालित एक दिने कार्यशाला आज सम्पन्न भएको हो ।
कार्यशाला ॐ हस्पिटलका आकस्मिक उपचार विभागका डा. दिवाकर पराजुलीले प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण दिनु भएको थियो ।
कार्यशाला समापन समारोहमा सम्बोधन गरनुहुँदै ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले यस किसिमका उत्पादनशिल र उपयोगी कार्यशाला संचालनमा आफु सधैं सकारात्मक भएको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले यो कार्यशाला जिवन बचाउन अपरिहार्य रहेको भन्दै यस किसिमका तालिमले अस्पतालमा कार्यरत जनशक्तिका लागि अत्यन्त उपयोगी हुने स्पष्ट पार्नुभयो ।
नर्सिङ्ग डाइरेक्टर उमा श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यशालामा ॐ अस्पतालमा कार्यरत ३० जना चिकित्साकर्मी, स्टाफ नर्स तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई बधाई तथा शुभकामना सहित प्रमुख कार्यकारी अधिकृत महतले प्रमाण पत्र प्रदान गर्नुभएको थियो।