पुरानो तिज नयाँ सम्झना

 शोभा पाण्डेय / सिलवाल 

सुन्नुहोला समाजले, कस्तो थियो  यातना ?
पहिला हाम्रो पालाको ,दुःख वेदना ।
वर्ष दिनको तिजमा पनि, माइत जान पाउँथेन
राम्रो लाउने मिठ‍ो खाने, दिन  आउँथेन ।
चार प्रहर रात पनि, पाइन्थेन सुतन
पूर्व रातो नहुँदै ,पर्थ्यो उठन ।
रातिदेखि उठेर ,ढिकी जाँतो पधेरो
मेलाबाट घर आउँदा, हुन्थ्यो अँधेरो  ।
दिनभर मेलापात, रात परेसी घरमा
हाँसोखुसी कहिल्यै थेन, सधैँ डरमा ।
कोही दिनमा गएर ,भुलिएला पँधेरा
घर आउँदा घरका जहान, सबै अँधेरा ।
लाउने ,खाने  बेलामा, बुहारीलाई हेलामा
कहिले निस्की जान्छे र ? भन्छन् मेलामा  ।
सासू ,नन्द ,अमाजु नि, छैनन् मेरा  हितका
आफ्नो  भन्ने स्वामी पनि, शत्रु  सितका ।
मीठो चोखो पाक्यो भने, भित्र भित्रै लुकाउने
कोही  थिएनन् म दुःखीको ,दुःख बिसाउने ।
सुखको श्वास फेर्न नि, कहिल्यै पाइनँँ मैले त
त्रिशूलीमा हाम फालूँ ,झैँ लाग्थ्यो कहिले त ।
डेरा आँखा हेर्छन् स्वामी ,जहिले पनि रिसाउने
माइतमा नि छैनन् ,आमा दुःख बिसाउने ।
तेल हालेर कोरेको, चिल्लो राम्रो  कपाल
यो गीतमा बिदा पाऊँ, जय नेपाल ।

ताजा खबर