शिक्षाको गुणस्तर र शिक्षक

अहिले देशै भरि शिक्षकको दरबन्दी मिलानको प्रसंगले निकै ठूलो चर्चा पाईरहेको छ । देश भरमा हजारौको संख्यामा शिक्षक अभाव भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लागत रुपमा पनि शिक्षक अभावका डरलाग्दा तथ्याङ्कहरु सार्वजनिक भएका छन् । सिन्धुली जिल्लामा मात्रै सबै तहमा गरेर १ हजार ४ सय १ जना शिक्षकहरु अभाव भएको शिक्षा मन्त्रालयले सर्वाजनिक गरेको तथ्याङ्कले देखाएको छ । हामीले शिक्षाको स्तरलाई मापन गर्ने कडिको रुपमा रहेको एसइइ परीक्षा अघिको महत्वपूर्ण कक्षा कक्षा ९ र १० पढाउने माध्यमिक शिक्षकहरुकै अभाव विकराल देखिएको छ । पढाईको जग बसाउने प्राथमिक तहको शिक्षक अभाव पनि उस्तै विकराल छ भने आधार कक्षाहरु निम्न माध्यमिक तहमा पनि प्रयाप्त शिक्षक पुग्न सकेका छैनन । यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको परिकल्पना समेत गर्न सकिदैन त्यसैले राज्यलेक शिक्षामा गरेको लगानीको ठूलो हिस्सामा गुणस्तरीय शिक्षक आपूर्तिमा खचर्नु पर्ने टड्कारो आवश्यकता देखिएको छ ।

शिक्षा क्षेत्रमा राज्यले कुल बजेटको जति ठूलो हिस्सा रकम विनियोजन गर्दछ त्यसको आधा भन्दा धेरै रकम शिक्षकको गाुणस्तरका लागि खर्चिन आवश्यक छ । तर यहाँ त शिक्षक दरबन्दी नै नपुगेर विद्यार्थीहरुको पठान पठान प्रभावित भएको तथ्याङ्कहरु देखिई रहेका छन् यस्तो अवस्थामा समुदायिक विद्यालयको शिक्षाको गुणस्तर कायम गर्न सक्ने अवस्था रहदैन । विद्यालयको भौतिक पूर्वाधार कक्षाकोठा, डेक्स बेन्च आदि इत्याधि नहुदा विद्यार्थीहरुलाई सर्वसाधारणका घरमा राखेर, खुल्ला चौरमै पनि पढाईएला तर जव शिक्षक नै हुदैन भने त्यहाँ शिक्षाको सवाल नै रहदैन । त्यसैले राज्यले बरु वर्षमा दुईवटा विद्यालय भवन कम बनाओस् तर कसबै विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षकको व्यवस्थान भने गर्नु पर्दछ । गुणस्तरीय शिक्षाका लागि पहिलो सर्त शिक्षक हो । शिक्षाको हाम्रो पुरानो इतिहास हेर्ने हो भने पनि हाम्रा बाउ बाजेले पिपलकै रुखमुनि शिक्षा आर्जन गरेको पाईन्छ । त्यसैले शिक्षाका लागि शिक्षक पहिलो शर्त हो त्यसपछि अन्य पूर्वाधार ।

तर अहिले पनि विद्यालय व्यवस्थापन समितिहरुको जोड शिक्षक दरबन्दीमा भन्दा विद्यालयको भौतिक पूर्वाधार सुधार गर्नमा बढि केन्द्रित हुने गरेको पाईन्छ । जिल्ला शिक्षा समन्वय ईकाई देखि नेता, सांसद, स्थानीय तह सम्म व्यवस्थापन समितिहरुले विद्यालयको भवन, डेक्स बेञ्च लगायतका भौतिक पूर्वाधारण्मा बजेट माग गर्ने गरेको पाईन्छ । भौतिक सुधारको बजेट प्राप्त हुदा दुई चार रुपैया तलमाथि गर्न पाईने भएकाले त्यतातिर बढि ध्यान केन्द्रित हुने गरेको छ । तर गुणस्तरीय शिक्षाको सबैभन्दा महत्वपूर्ण हतियार गुणस्तरीय शिक्षक व्यवस्थापन गर्न भने कमै व्यवस्थापन समिति, अभिभावक र आम चासो पुगेको देखिन्छ ।

शिक्षाका सरोकारावालहरुले पनि शिक्षालाई गम्भिरता पूर्वक नलिएर गलत बाटोमा हिडाएका छन् । गुणस्तरीय शिक्षाका लागि नभई नहुने गुणस्तीय शिक्षक व्यवस्थापन गर्नु भन्दा शिक्षकमा गुणस्तर हिनता निम्त्याउने नितिहरु ल्याईएको छ । सबै तहमा शिक्षासेवा आयो पास गरेका योग्य र सक्षम शिक्षकहरु पुग्नु पर्नेमा राहात, लियन, अस्थायी आदि इत्याधि नाममा व्यवस्थापन समितिलाई शिक्षक नियुक्ति गर्न दिएर गुणस्तर हिन हरुलाई विद्यालयमा शिक्षकको रुपमा प्रवेश गराईएको मात्र छैन केहि समयक कार्यरत रहेपछि तिनिहरुलाई प्रक्रिया मिलाएर स्थायी गर्ने भन्दै अयोग्यको भिड शिक्षा क्षेत्रमा जम्मा पारिएको छ । खुल्ला प्रतिस्पर्धामा ८० -९० प्रतिशत अंक ल्याउनेहरु सेवा प्रवेशमा अयोग्य भईरहेको सन्र्दभमा कार्यरतका नामा मरितरि ४० प्रतिशत ल्याउनेलाई सेवा प्रवेश गराएर विकृति सृजना गरिएको छ । यसले समग्र शिक्षा क्षेत्रलाई ओरालो यात्रामा डोहो¥याउदै आएको छ । केहिलाई छाडेर राहात, निजिस्रोत र लियन दरबन्दीमा राखिने शिक्षकहरु व्यवस्थापन समितिका आसेपासे र आफन्त हुने गरेका छन् । शिक्षा जस्तो गम्भिर विषय विद्यार्थीलाई पढाउने नभएर मरितरि पास भएकाको रोजगारी को थलो भएको छ । जारि खाने माध्यम भएको छ । यो अवस्थाको अन्त्य गर्न नसक्ने हो भने सामुदायिक शिक्षामा सुधारको अपेक्षा गर्न सकिदैन ।

सरकारले सामुदायिक विद्यालयको पढाईको गुणस्तर सुधार गर्ने हो भने सर्वप्रथम सबै विद्यालयमा एकै प्रकारका शिक्षासेवा आयोग उर्तिण गरेर आएका शिक्षकहरुको व्यवस्थापन गर्ने निती ल्याउनु आवश्यक छ । तव मात्र शिक्षा क्षेत्रमा सुधारको संकेत देखापर्दछ । अहिलेको अवस्थामा शिक्षामा जति बजेट खन्याए पनि त्यो बालुवामा पानी सरह हो ।

सफल नेपाल / वाइ.पी. बिनय


ताजा खबर