राष्ट्रपति पौडेल राष्ट्रिय बाल दिवस २०८१ को शुभकामना

बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिनु हुँदै उहाँले सन्देशमा यस्तो बताउनुभएको हो ।

यस वर्ष बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाउन लागिएको छ । बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको  रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारी गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम् दायित्व हुन आएको उहाँको भनाई छ । रासस


ताजा खबर