अस्ट्रेलियाको पर्थमा भव्य र सभ्य नेपाल महोत्सव

अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । महोत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता र बहु सांस्कृतिक मन्त्री डा. टोनी बुटीले नेपाली समुदायको प्रशंसा गर्दै  स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराउनुभयो ।

महोत्सवको उद्घाटन मन्त्री टोनी बुटीले  र एनआरएन आइसिसीका अध्यक्ष बद्री केसीले संयुक्तरुपमा गर्नुभएको थियो।

मन्त्री बुटीले पर्थको बहु सांस्कृतिक समुदायमा नेपाल महोत्सव स्थापित हुँदै गरेको बताउनुभयो ।

स्थानीय सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल महोत्सवमा १० हजारभन्दा बढी दर्शकले सहभागिता जनाएका थिए ।

नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरूका स्टलहरू राखिएका थिए । नेपाल सम्झना गराउने घर, धरहरा, पशुपतिनाथ, बौद्धनाथ लगायत महोत्सवका आकर्षण बनेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएन आइसिसीका अध्यक्ष बद्री केसीले अस्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेस्टिभल सबै राज्यमा विस्तार भएको र यसले मुलुक चिनाउने काम गरेको बताउनुभयो । अध्यक्ष केसीले गैर आवासीय नेपालीहरूले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारी दिनुभयो । अगामी गैर आवासीय नेपाली  दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरू समाधान हुने उहाँले बताउनुभयो ।

उपाध्यक्ष विनोद श्रेष्ठ, एनआरएन उपाध्यक्ष रोजिना प्रधान, क्षेत्रीय संयोजक दिनेश पोखरेल सचिव डा. ज्ञानेन्द्र रेग्मी, टीका गुरुङ, लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएन पर्थले नेपाल फेस्टिभल आयोजनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै अस्ट्रेलियाको सङ्घीय सांसद साम लिमले दोस्रो पुस्ताको उदाहरण दिँदै उनीहरू कहाँबाट आएका हुन्, त्यहाँको खाना के हो ? त्यहाँको भाषा के हो भन्ने जानकारी दीनु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अभियन्ता मन केसी , विधान समितिका संयोजक भवानी ओली , एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक , आइसिसी सदस्य डिल्ली ढकाल, बुद्धि डल्लाकोटी , युवा व्यवसायी सागर लोहनी लगायत सहभागी हुनुहुन्थ्यो ।

यस्तै एनआरएन अस्ट्रेलियाका महासचिव सन्तोष कुँवर, कोषाध्यक्ष अर्जुन गौतम , सह कोषाध्यक्ष रोजी पन्त, नयाका अध्यक्ष विपिन थापा , पर्थ नेपाली समुदायका अगुवाहरू भैरव ढकाल, नबिन बीडारी , मीक्की सुबेदी लगायतले सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रममा साङ्गीतिक रूपमा एक्स ब्यान्डले आफ्नो प्रस्तुतिले उपस्थित दर्शकलाई नचाएको थियो भने गायिका आस्था राउत, लोकगायक बद्री पङ्गेनी लगायतको गीतमा दर्शकहरु झुमेका थिए । रासस


ताजा खबर