अन्तरबैंक फुटसलमा ३७ संस्थाका ६० टिम सहभागि

नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवस अवरमा आज असोज ३ देखि ५ गतेसम्म दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट आजदेखी शुरु भएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ र पुरुषतर्फ ३७ वटा गरी ६० वटा टिमको सहभागिता छ । भदौ ३० गते टुर्नामेन्टको महिला तथा पुरुषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गरिएको थियो।

प्रभु बैंक मुख्य प्रायोजक रहेको टुर्नामेन्टको सह–प्रायोजकमा कृषि विकास, लक्ष्मी सनराइज, एनआईसी एसिया, ग्लोबल आइएमई, आइसिएफसी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएममी बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् । उक्त टुर्नामेन्टमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टर. मेडिकल पार्टनर, बोटलर्स नेपाल र एसिएन थाई फुड्स विभरेज पार्टनर तथा राष्ट्रिय बिमा कम्पनी बिमा पार्टनरको रुपमा रहनेछन् । टुर्नामेन्ट हाँडीगाउँस्थित धनयन्तरी स्पोर्ट्स हबमा सञ्चालन हुनेछ ।

नेपाल राष्ट्र बैंकसहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवं आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिनेछ। महिला तथा पुरुषतर्फको विजेता टोलीले १ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरुषतर्फको उपाधि रक्षाका लागि एनआईसी एसिया बैंक तथा महिलातर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमई बैंकले प्रतिस्पर्धा गर्नेछन्।

आज विहान ९ बजेवाट शुरु भएको अन्तरबैंक फुटसल टुर्नामेन्टको हस्पिटल पार्टनरका रुपमा काडमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. रहेको छ । खेल स्थलमा मेडिकल टिम तथा एम्बुलेन्स सहित अस्पतालले आकस्मिक तथा प्राथमिक उपचार सामग्री तथा औषधिहरु तयार अवस्थामा राखेको समाचारमा जनाइएको छ ।  रासस


ताजा खबर