जनहित सुरक्षित हुने गरी अधिकारहरूको प्रयोग गर्नुपर्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रता जस्ता अधिकारहरूको प्रयोग गर्दा देश र जनताको हित सुरक्षित हुने गरी गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनहरूलाई समयानुकूल परिमार्जन गर्न सरकार लागिरहेको उल्लेख गर्नुहुँदै नयाँ नीति र संरचनाहरू निर्माणका लागि सरोकारवालाहरूको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समारोहमा राष्ट्रपति पौडेलले प्रेस तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

त्यस अवसरमा सांसद रघुजी पन्तसहित प्रेस काउन्सिल नेपालका पूर्व सदस्यहरु सम्मानित हुनुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री, मुख्य सम्वाददाता प्रमोदकुमार सिंह लगायतलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा १४ जनालाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, ११ जनालाई प्रेस काउन्सिल युवा पुरस्कार, ५ जनालाई प्रेस काउन्सिल नेपाल महिला सशक्तीकरण पुरस्कार प्रदान गरिएको थियो । रासस


ताजा खबर