~ शोभा पाण्डेय / सिलवाल
रसायन प्रयोग गरी बनाएको खानास्वादिलो नै भए पनि बासी हुन्छ जान ।जङ्कफुड ,फास्टफुड दुबै हाम्रा शत्रुविद्वानले भन्ने गर्छन् यी खाना हुन् पत्रु ।रिसराग बढाउँछ जङ्कफुड् ,फास्टफुडलेमिलनसार बनाउँछ मकै भटमासले ।जङ्कफुड र फास्टफुडले अनेक रोग लाग्छबाआमाको पैसा पनि विष किन्दा सक्छ।हाम्ले खाने जङ्कफुडमा त पौष्टिकता हुन्नशरीरलाई चाहिने तत्त्व क्यै पनि पाइन्न ।जङ्कफुड मृत फुड हो आँतमा टाँसिन्छपेटभित्र हाइड्रोक्लोरिक एसिड बढी जान्छ ।कब्जियत हुन्छ अनि पेट पनि दुख्छपढ्न, खेल्न मन लाग्दैन मन बेचैन हुन्छ ।धन र मन दुबै बरबाद पार्ने जङ्कफुड्लेअर्बुध रोग नि लाग्न सक्छ बुझौँ हामी सबले ।बोक्रा सुन्दर ,स्वाद मिठो ,गुण चाहिँ तितोजङ्कफुड् खान छाडिदेऊ बाबुनानी छिटो ।पत्रु खाना जति खायो उति खाऊँखाऊँ लाग्नेयस्ता खाना खाँदाखेरि पढ्या नि बिर्सने ।बुद्धि नभा पैसा भाको मूर्खले हो खानेजङ्कफुड ,फास्टफुड भाइबैनीले जाने ।भोक लाग्दा पत्रु खाना खान मन लागेपानी धेरै पिउने गर घरकै खाना खाए ऽ घरकै खाना खाए ।