~ शोभा पाण्डेय/ सिलवाल
मनसुनको अन्त्य हुने बेमौसमको झरी
चाडबाडको मुखमा हजुर बिचल्ली नै पारी ।प्रकृतिलाई जित्छु भन्दै मान्छे अगि बढेविज्ञान हो कि विकृति हो सबले मनन गरे ।रुख रोप्नु छैन कतै डाँडाकाँडा खनेभिरपाखा ,खेतजति घडेरी नै बने ।परिणाम आज हेर कस्तो दिन आयो ?नदीनाला उर्लिएर विनाश नै गर्यो ।जताततै बाढीपैह्रो भाछ कोलाहलगरिब जनता आफ्नो जिउधन आफै नै सम्हाल ।बचाउन आउँछन् भनी आशा गरी बसेकोही आएनन् बचाउनलाई बाढीभित्र पसे।विपद् उद्धार समिति नि के हेरेर बस्यो ?नेपाल सरकार र त झनै दुलैभित्र पस्योछैन चासो नेतालाई उस्लाई क्यै भाछैनजनतालाई जे भए नि यिनलाई क्यै छुँदैन ।बाढीपैह्रो जताततै सडक अवरुद्धनजाऊँ अबदेखि हामी प्रकृति विरुद्ध ।बाढी पीडितहरूलाई सबले सहयोग गरौँमुठीमुठी मद्दत गरी सबले घैला भरौँ ।खोला , किनार घर नबनाई रुख धेरै रोपौँपीडितलाई साथदिन सबले कम्मर कसौँ ,सबले कम्मर कसौँ ।