चीनले जिउक्वान स्याटेलाइट केन्द्रबाट नयाँ स्याटेलाइट (पृथ्वी अवलोकन उपग्रह) सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
गाओफेन–१२ ०५ नाम दिइएको नयाँ स्याटेलाइट बुधबार बेइजिङको समय बिहान ७ः४५ बजे लङ मार्च–४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो ।
यो स्याटेलाइट भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।
प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५४० औं उडान मिसन हो । सिन्ह्वा