सञ्चय कोषका सञ्चयकर्तालाई ॐ हस्पिटलमा उपचार

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ ।

ॐ  हस्पिटल एण्ड रिसर्च सेन्टरमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको औषधि उपचार सामाजिक सुरक्षा विनियम २०८० अनुसार सहजिकरण गरिदिने विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत तथा प्रशासशीय व्यवस्थापक बिपिन जङ्गमले हस्ताक्षर गर्नुभएको छ भने कर्मचारी सञ्चय कोषका तर्फवाट निबृत्तिभरण व्यवस्थापन तथा समाजिक सुरक्षा विभागका विभागिय प्रमुख बिरेन्द्र पौडेल तथा बरिष्ठ प्रवन्धक कल्पना मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार कोषका सञ्चयकर्ता स्वयम्, श्रीमान वा श्रीमती बिरामी तथा घाइते भएमा ॐ हस्पिटलमा गरेको उपचारको सोधभर्ना कर्मचारी सञ्चय कोषले उपलब्ध गराउने सुनिश्चित गरिएको छ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको औषधि उपचार प्रयोजनकालागि बागमती प्रदेशकालागि विनियम ७ बमोजिम सूचिकृत अस्पताल हो ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जसले तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।


ताजा खबर