सिन्धुलीको सुनकोशी गाउपालिका गोलन्जोर–७ खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालमा आज देखी आँखा उपचार केन्द्र संचालनमा आएको छ ।
काठमाडौंको तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा संचालनमा आएको खुर्कोट ग्रामिण आँखा उपचार क्लिनिकको आज एक औपचारिक समारोहको आयोजना गरी उद्घाटन गरिएको हो ।
तिलगङ्गा आँखा प्रतिष्ठानको समन्वय र स्वामित्वमा संचालनमा आएको ग्रामिणआँखा उपचार क्लिनिकमा आँखाका अधिकांश उपचार सेवा प्रदान गरिने सुनकोशी सामुदायिक अस्पतालका उपाध्यक्ष समेत रहनुभएका ॐ अस्पताल चाबहिल काठमाडौंका सिनियर कन्सल्ट्यान्ट जनरल फिजिसियन डा. बिएन कोईरालाले जानकारी दिनुभयो।
सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउपालिका, रामेछाप र ओखलढुंगा लगाएvतका ठाँउका आखाँका विरामीहरुलाई मध्यनजर राखेर यस क्षेत्रकै पहिलो सुविधि सम्पन्न उपचार केन्द्र संचालनमा आएको उहाँको भनाई छ।
‘आखाँको सानो समस्या देखा परेपनि काठमाडौं, धुलिखेल, बनेपा लगाएतका ठाउँका महंगा अस्पतालमा हजारौं खर्च गरेर उपचार गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारण जनताको बाध्यता थियो । यस्तो बाध्यता अन्त्य गर्न र सर्भसुलभ मूल्यमै गाउँमै आँखा उपचार सेवा प्रदान गर्न आँखा क्लिनिक संचालनमा ल्याइएको हो’ उहाँले भन्नुभयो ।
विपीराजमार्ग र निर्माणाधिन मध्य पहाडी लोक मार्गको नजिकैको अस्पताल भएकाले अवका दिनमा राजमार्गमा हुने सवारी दुर्घटनालाई मध्यनजर गरी हार्डजोर्नी सम्बन्धि उपचार हुने गरी सुनकोशी अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न सके अझ प्रभावकारी हुने उहाँको भनाई छ । यसका लागी सबै खुर्कोटबासी एक भएर लाग्नुपर्नेमा जोड दिँदै डा. कोइरालाले यसका लागि सबैको साथ सहयोग र सहभागिता आवश्यक रहेको जिकिर गर्नुभयो ।
सुनकोशी अस्पतालस्थित सामुदायिक आखाँ उपचार क्लिनिकका संयोजक केशब अधिकारीले आँखा क्लिनिक शुरु गर्न सफल भएकोमा अस्पताल व्यवस्थापन समितिलाई बधाई दिनुभयो। उहाँले खुर्कोटबासी स्थानिय सर्वसाधारणलाई आँखाको स्वास्थ्यबारे जागरुक हुन आग्रह समेत गर्नुभयो।
उद्घाटन कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बिशेष प्रतिनिधिहरु, ॐ अस्पतालबाट आएका चिकित्सक तथा कर्मचारीहरु तथा खुर्कोटका स्थानीयहरुको उल्लेख सहभागिता रहेको थियो । – सफल नेपाल