~ शोभा सिलवाल/पण्डेय
प्रकृति र जनावर अनि मानव बिचकोघनिष्ट सम्बन्ध छ ,चाड फूलैफूलको ।भड्किलो र महँगो नबनाई चाडहामी सबले घाँटी हेरी निलौँ सधैँ हाड ।चाडबाड मनाउँदा नदेखाई फूर्तिपरम्परा जोगाई सदा राखौँ आफ्नो कृति ।म र मेरो मात्र भन्ने भावना चाहिँ हटोस्हामी ,हाम्रो जस्ता सोचले जरा गाडिरहोस् ।हिँड्दा खेरि ठेस नलागोस् नझरोस् है केशनिरन्तर प्रगति होस् बनून् सबै बेस ।दूबो जस्तै मौलाई रहून् हाम्रा दाजुभाइसमृद्ध र अर्थपूर्ण बनोस् जीवन सधैँ ।दिन दुगुना रात चौगुना प्रगति होस् तिम्रोईश्वर सदा दाहिना होऊन् कामना छ हाम्रो ।सादा जीवन उच्च विचार राख्न सके तिम्लेदम्भ र अहङ्कारलाई नअँगाले कैल्यै ।सगरमाथा चुम्न तिम्रा पाइला अघि सरोस्परिश्रमलाई पूजा गर्ने बानी सधैँ परोस् ।महान् लक्ष्य लिई तिमी अघि बढ सदायमसँग माग्छु वरदान ज्यादा भन्दा ज्यादा ।धन्यवाद