बिहीबार एकैदिन नेपाली बजारमा छाप भएको सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधवार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगतै अमेरिकी बजारमा डलरको भाउ बढ्दा सुनको भाउ घटन गएका कारण नेपाली बजारमा पनि सुनको भाउ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस