प्रधानमन्त्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्तमा सहभागी हुनुहुने

डेढ दशकपछि हुन लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार (आज) जुम्ला जाने हुनुभएको छ ।

प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली आज बिहान ११ बजे जुम्ला आइपुग्ने कार्यक्रम छ । पहिलो पटक प्रतिष्ठानका ५८ जना विभिन्न फ्याकल्टीका विद्यार्थी दीक्षित हुँदै छन् ।

यस अघि भदौ २३ गते सबै तयारी भएपनि अन्तिम समयमा प्रधानमन्त्री ओलीको कार्यव्यस्थताले दीक्षान्त समारोह स्थगित भएको थियो  ।

यस्तो छ प्रधानमन्त्रीको कार्यतालिका

प्रधानमन्त्री ओली ११ बजे जुम्ला आईपुग्नु हुने छ । उहाँले सर्वप्रथम प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन गर्नुहुनेछ । नवनिर्मित भवनको रिबन काटेर ताम्रापत्र अनावरण गरि उद्घाटन पछि प्रतिष्ठानको सिनेट बैठक बस्ने छ । सिनेट बैठक २० मिनेट बस्ने कार्यतालिका छ । कुलपति ओलीको अध्यक्षमा बस्ने सिनेट बैठकले प्रतिष्ठानका विभूत विषयमा छलफल हुने छ ।

सिनेट बैठक सकिए लगत्तै प्रथम दीक्षान्त समारोहमा  प्रधानमन्त्री ओली सरिक हुनुहुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताउनुभयो ।

 नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले पार्टि अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेटघाटसमेत हुने बताउनुभयो ।  रासस


ताजा खबर