रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया-युक्रेन युद्धले विश्व युद्धकै रुप लिने खतरा बढेको बताउनुभएको छ ।
अमेरिका र बेलायतले आफ्ना हतियार रसियाविरुद्ध प्रयोग गर्न युक्रेनलाई अनुमति दिएकोमा आपत्ति जनाउँदै मस्कोले समेत कारवाही गर्न सक्ने चेतावनी दिनुभयो ।
नयाँ प्रकारको हाइपरसोनिक मध्यमदूरीको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको भन्दै राष्ट्रपति पुटिनले यस्ता प्रहार थप हुन सक्नेपनि बताउनुभयो ।
रसियाले क्राइमियासमेत हाल युक्रेनको १८ प्रतिशत भूभागमा कब्जा जमाएको छ ।